विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग

दाङ, २२ भदौ ।
दाङको शान्तिनगर-३ मा रहेको विपी कोइराला माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउन संयुक्त विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् ।

अनेरास्ववियु दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा र अखिल (क्रान्तिकारी) दाङका संयोजक खुमन पौडले आज बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षी विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षक उदयराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

यस्तो छ, संयुक्त विद्यार्थी संगठनले जारी गरेको विज्ञाप्ति :
दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेको घटना प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । निज शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्याक्चर हुने गरि निर्घात कुटपिट गरेको घटनाले विद्यार्थीमा त्रासको वातावरण सृजना हुनु दुखद घटना हो ।


अन्य शिक्षकले निर्घात कुटपिट नगर्न आग्रह गर्दा गर्दै बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले निर्मम तवरले पिट्नु गैरजिम्मेवार कदम हो । तर्सथ सम्बन्धित पक्षलाई तुरुन्त अनुसन्धान गरि उक्त शिक्षकलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौ ।

केही समय अगाडि मात्र राजपुर गाउँपालिका जनज्योती मा.वि. वेला कक्षा १२ मा अध्ययनरत विद्यार्थी मन्साराम यादवलाई उक्त विद्यालयमा अध्यापनरत निमावि, राहत शिक्षक पाटेश्वर यादवले आफ्नो छोरी सुनिता यादवसँग प्रेम सम्बन्धमा रहेको भन्दै योजनाबद्द रुपमा निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको घटनाले विद्यार्थीमा त्रासको मनोभाबना विकसित भइरहेको अबस्थामा अर्को घटना घट्नु एकदमै दुखद एबम निन्दनीय छ । यस्ता घटनाहरु बारम्बार नदोहो¥याउन सबैमा हार्दिक अपिल गर्दै विद्यार्थीलाई शान्त र मनोरम बातावरणमा अध्यापन गराउन हुनका लागि सम्बन्धित अनुरोध गर्दछौ ।

साथै राप्ती प्रादेशिक अस्पतला तुल्सिपुरमा उपचारत घाइते विद्यार्थी सुशील बुढाथोकीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन हुन सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछौ ।