दंगीशरण–१ मा वडाभित्रका समुहहरूलाई मनोरञ्जनका सामाग्रीहरू वितरण

प्रमोद आचार्य
दंगीशरण, १६ पुष ।
दंगीशरण गाउँपालिका वडा नं. १ ले वडाभित्रका विभिन्न समुहहररूलाई मनोरञ्जनका सामाग्रीहरु वितरण गरेको छ । वडाले सोमबार (आज) एक औपचारिक कार्यक्रमको आयोजना गरी वडाभित्रका विभिन्न समुहहररूलाई मादल,गुन्योचोलि,डेग स्पिकर, झ्यालिलगायतका सामाग्री वितरण गरेको हो । वडाले थारु नाचमा प्रयोग गरीने ९ जोडी गुन्योचोली, ९ वटा मादल, एक थान डेग स्पिकर र ९ जोडी खैचडी वितरण गरीएको वडा अध्यक्ष रमेश भण्डारीले जानकारी दिए ।

मनोरञ्जन सामाग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले मानविय विकास भए मात्र पुर्वाधार विकासले सार्थकता पाउने बताए । स्थानिय ठाउँमा के कुराको समस्या छ ति समस्याहररूको समाधान गर्ने दायित्व स्थानिय सरकारको रहने बताउने अध्यक्ष गिरीले त्यो दाइत्व पुरागर्न तर्फ वडा नं. १ अगाडी बढेकोप्रती खुसि ब्यक्त गरे । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरंजनको सिद्धान्तलाई अबलम्बन गर्न पनि वडाले फलदायी कार्यक्रम ल्याएको प्रती धन्यवाद ब्यक्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले मनोरञ्जनले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले पनि अहिलेको अवस्थामा मनोरञ्जनका सामाग्री अपरीहार्य रहेको बताइन । गत वर्ष हरेक वडा भुह्याँरथान बनाउनुपर्छ भन्ने अभियान अन्तर्गत सवै वडामा भुह्याँरथान बनाइएको स्मरण गर्दै उपाध्यक्ष खड्काले अहिले सोहि अनुरुप टोल समुहहररूलाई मनोरञ्जन सामाग्री वितरण गरेकोप्रती वडा परीवारप्रती खुसि ब्यक्त गरिन ।


कार्यक्रममै वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले सस्कृती जोगाउने कुरामा कुनै जातजातीले एक अर्काको चाडपर्वलाई मनाउन सक्नुपर्ने बताए । एकअर्कामा सहिष्णुता तथा सद्भावलाइ बचाइ राख्न एक जातले अर्को जातको सस्कृतीमा रमाउन सक्नुपर्ने बताए । बिकृती बिसङ्गतीलाई निरुत्साहित गर्दै पुराना सस्कृती सस्कारलाई संरक्षण एवं सम्बर्द्धन गर्न वितरण गरीएका मनोरञ्जनका सामाग्रीले सहयोग पुर्याउने लक्ष्य रहेको बताए । आर्थिक वर्ष २०८०र८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार मनोरञ्जनका सामाग्री वितरण गरीएको जानकारी दिए ।

मनोरञ्जन सामाग्री वितरण कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा भएको थियो । कार्यपालिका सदस्य मिना चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा सचिव मन बहादुर खड्काले गरेका थिए ।