एमालेले दाङ क्षेत्र नं.३ ज्ञवली,वली र पाण्डेलाई सिफारिश

तुलसीपुर
१९ साउन / नेकपा एमालेले दाङ क्षेत्र नं.३ बाट ३ जनाको नाम सिफारिश गरेको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सदस्य कोमल वली र घनश्याम पाण्डेको नाम सिफारिश गरेको हो । आईतबार बसेको बैठकले समानुपातिकमा रामजी चौधरी र रेखा शर्माको नाम सिफारिश गरेको छ ।

३(ख)मा ३ जनाको नाम सिफारिस
त्यस्तै क्षेत्र नं.३ (ख)बाट एमालेका ३ जनाको नाम सिफारिस गरिएको छ । एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, जिल्ला सदस्य मेघराज भुसाल र एमाले नेतृ धमकली चौधरीलाई प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सर्वसहमत नाम सिफारिस गरेको हो ।


क्षेत्र नं. ३(क)कालागि भने टुंगो लाग्न सकेको छैन । आकांक्षी धेरै भएपनि समस्या देखिएको हो । स्रोतका अनुसार कृष्ण भुषाल, विनोद शर्मा, नबराज लामिछाने, नेत्रमणी लामिछानेलगायत आकांक्षी देखिएका छन् ।