पूर्व कमैयाको अबस्था सुधार नहुँनु दुःखदः मुख्यमन्त्री चौधरी

दाङ,२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कमैया मुक्त भएपनि अझै सुधार नुहँुनु दुःखद रहेको बताएका छन् ।

२३ औं मुक्त कमैया दिवसको अवसरमा शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन् । तराईका दाङ,बाँके,बर्दिया,कैलाली कञ्चनपुरका २७ हजार ५ सय ७० परिवारका दुईलाख जना मुक्त घोषणा भएपनि अझै पनि पूणर् रुपमा मुक्त हुन नसकेको उनको भनाई छ ।


मुक्त कमैयाका समस्या समाधानकालागि तीनै तहका सरकार गम्भीर बन्नु पर्ने मुख्यमन्त्री चौधरीको भनाई छ । २०५७ साल साउन २ गते कमैया मुक्ती घोषणा गरिएको थियो ।

No description available.