बिएएलएलबीमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण

तुलसीपुर, १६ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज बिएएलएलबी कार्यक्रममा शतप्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको नतिजामा दोस्रो सेमेस्टरको परीक्षामा सहभागी २८ जना विद्यार्थीमा सबै विद्यार्थीहरु उत्तिर्ण भएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।


२०७७ सालबाट बिएएलएलबी कार्यक्रम सञ्चालन गरिरहेको कलेजमा हाल दुईवटा व्याचका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । नयाँ शैक्षिक सत्रका लागि दुईवटा सेक्सन सञ्चालनको कलेजले तयारी गरिरहेको पनि कलेज प्रमुख आचार्यले बताए ।