दाङ, १४ भदौ ।
मानसिक रोगको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तारीत सेवा सुरु भएको छ । मानसिक रोग विशेषज्ञ राखेर प्रतिष्ठानले उपचार सेवा सुरु गरेपछि मानसिक रोगका विरामिहरु अस्पतालमा स्वास्थ्य जाँच गर्न आउने सख्या बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।
प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा. सन्जिव पन्डितले विशेषज्ञ स्वास्थ्य सेवासंगै विरामिलाई परामर्शसमेत दिँदै आएका छन् । प्रतिष्ठानले मानसिक रोगका विरामिहरुलाई भर्ना गरेर उपचार गर्नका निमित्त ४ वेड समेत छुट्याएको र यसलाई बढाएर १० वेड पु¥याउने योजना रहेको रजिष्ट्रार थापाले बताए ।
मानसिक रोगको उपचारका लागि प्रतिष्ठानले विशेषज्ञ सेवा थपेसंगै जिल्ला बाहिर जानुपर्ने बाध्यता अहिले हटेको छ । मानसिक रोग विशेषज्ञ डा. पण्डितले प्रतिष्ठानमा आएर उपचार गर्ने मानसिक रोगका विरामिहरुको सख्या बढ्दो रहेको र उपचारकाक्रममा धेरैजसो विरामिको स्वास्थ्यमा उल्लेख्य सुधार आएर घर फर्कीने गरेको बताए ।
प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले अस्पतालमा विगत ३ महीना यता ओपिडिमा ९ सय ९२ जना मानसिक रोगका विरामिहरुले स्वास्थ्य उपचारको सेवा पाएको जानकारी दिए । भट्टराइका अनुसार गएको जेठमा २ सय ८६ जना, असारमा ३ सय ५१ जना र सबैभन्दा धेरै साउनमा ३ सय ५५ जना मानसिक रोगका विरामिले उपचार सेवा लिएका छन् ।
मानसिक रोग विशेषज्ञ डा.पन्डितले जेठमा मनोत्रासका विरामि ८६ जना, डिप्रेसनका विरामि ६७ जना, गम्भिर मानसिक रोगका विरामि २७ जना, लागु औषध तथा नसाजन्य विरामि २९ जना र अन्य ८२ जनाले सेवा पाएको बताए । त्यस्तै असारमा मनोत्रासका विरामि १ सय ५ जना, डिप्रेसनका विरामी ८६ जना, गम्भिर प्रकृतिका मानसिक रोगका विरामि २४ जना, लागु औषध तथा नसाजन्य विरामि २३ जना र अन्य १ सय १० जना विरामिको उपचार भएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरेर साउनमा मात्रै मनोत्रासका विरामी १ सय २ जना, डिप्रेसनका विरामि ८८ जना, गम्भिर प्रकृतिका मानसिक रोगका विरामि २४ जना, लागु औषध तथा नसाजन्य विरामि १९ जना र अन्य ६४ जना विरामिले सेवा पाएका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका मानसिक रोगका विरामिको यहाँ नै उपचार भएको र अस्पतालवाट विरामि रिफर शुन्य रहेको डा. पण्डीतले बताए ।
प्रतिष्ठानका सुचना अधिकारी भट्टराइले गएको जेठमा १७ जना, असारमा १५ जना, साउन १० जना मानसिक रोगका विरामिलाई भर्ना गरेर उपचार गरीएको जानकारी दिए । साथै प्रतिष्ठानमा सबै विधि अवलम्वन गर्दा पनि मानसिक रोगका विरामिको उपचार हुन नसकेको खण्डमा विद्युतिय माध्यमवाट पनि उपचार गर्ने गरी इसिटि सेवा सुरु गरीएको पण्डितले बताए ।
लाइभदाङ । १४ भाद्र २०७९, मंगलवार १७:१५ बजे