बुटवल, १० मंसिर ।
रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय व्यहोरेका छन् । दिउँसो २ः४५ बजे सकिएको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग गृहमन्त्री खाण पराजित भएका हुन् ।पछिल्लो मत परिणाम अनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाण पराजित भएका हुन् ।
गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए । रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्, भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् ।
लाइभदाङ । १० मंसिर २०७९, शनिबार १५:२० बजे