पहिरोले राप्ती लोकमार्ग अबरुद्ध

दाङ,१३ भदौ । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित साततलेमा पहिरो खस्दा सोमबार विहानैदेखि आवतजावत ठप्प भएको छ ।“त्यस ठाउँमा विभिन्न ३/४ ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ”,उनले भने“पहिरो खसिरहेको अबस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला ।”


गएरातिदेखि नियमित परेको बर्षादले पहिरो गएको हो । पहिरो हटाउनकालागि कपुरकोटबाट पनि प्रहरी आएको छ ।