वडाध्यक्ष रावतले दुव्र्यबहार गरेको काँग्रेसको आरोप

तुलसीपुर, ९ असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावतले स्थानीय एक युवालाई दुब्र्यबहार गरेका छन् । काँग्रेसका क्षेत्रीय प्रबक्ता सन्तोष चौधरीमाथि अभद्र ब्यबहार गरेको काँग्रेसले आरोप लगाएको छ ।

रावत असोज १ गते अभद्र ब्यबहार गरेको भन्दै क्षेत्रीय सभापति खड्का एक विज्ञप्ति जारी गरि रावतमाथि कारवाहीको माग गरेका छन् । असोज १ गते बिहान साढे ७ बजे उरहरी गाउँमा पानीको नाला खोल्ने बिषयमा अध्यक्ष रावतले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै अपशब्द प्रयोग गर्दै, गाली गलौज गर्नुको साथै हातखुट्टा भाँचीदिन्छु भन्ने धम्कीपूर्ण भाषा प्रयोग काँग्रेसले आरोप लगाएको छ ।


काँग्रेस क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको कार्यसमिति बैठकले अध्यक्ष रावतले गरेको ब्यबहारप्रति खेद प्रकट गर्दै दोषी वडाध्यक्षमाथि कारबाही गर्न तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण समेत गराइएको बिज्ञप्तिमा उल्लेख छ । एक हप्ता भित्र वडाध्यक्षमाथि कारबाही नभए पार्टीले स्वएंम कारबाहीगर्न बाध्य हुने चेतावनी दिइएको छ । फेरि यस्ता घटना नदोह¥याउन आग्रह गर्दै वडाध्यक्ष रावतलाई पदयि दायित्वमा रहेर कार्यसम्पादन गर्न आग्रहपनि गरेको छ ।