तुलसीपुरमा राजनीतिक रुपमा होस्, या सामाजिक रुपमा सक्रिय व्यक्ती हुन्–ईश्वरी प्रसाद गैरे ।
केही समय यातायात क्षेत्रमा कर्मचारीका रुपमा कार्यरत रहेका उनी हात शैक्षिक क्षेत्रमा पनि नेतृत्व गरिरहेका छन् । गुरुजजुर माविका शिक्षक अभिभावक संघका अध्यक्ष हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को ब्रह्माखाली भन्ने गोठमा २०२५ सालमा जन्मिएका गैरे सन्तानका राइला छोरा हुन् ।
बुवा डण्डपाणी गैरे र आमा ऋषि देबि गैरेको कोखबाट पाचौं पुत्रको रुपमा उनले जन्म लिएका थिए । त्यस समय दाङमा औलोको डर हुन्थ्यो । त्यतिबेला भनिन्थ्यो‘जसको जन उसको बन ।’
औलो रोगको जोखिम हुने भएकाले दिनभर (ज्युला खेत गोठमा) ब्रह्माखाली झर्ने र बेलुकी खाद्यान्न वा खेतीपातीबाट उत्पादन भएको बस्तु बोकेर कोट लाग्ने चलन थियो । त्यही क्रममा खेतमा काम गर्न आएको समयमा उनको जन्म भएको हो । उनको बाल्यकाल अम्बास र प्रतापकोटमै वित्यो ।
गरिबी र अभाबमा रहेको उनको परिवारले खेतीपाती बस्तुभाउ पालेर जीवन निर्बाह गथ्र्यो । गैरेले सानैदेखि बाआमालाई सहयोग गर्न खेतमा काम गर्थे । बिहान सधै घाँस काटेर राख्ने र स्कुल छुट्टी भएको दिनमा गाइबस्तु चराउन लैजाने गर्थे । ‘बा’ को सिद्धान्त थियो‘छोराछोरीको हातमा कि त किताब, कलम कि, त कुटो हुनुपर्छ भन्ने थियो । सोही सिद्धान्त उनले अक्षरस पालना गर्थे ।
२०३० सालमा अम्बासको बसाई कठिन र पढाइलेखाईमा समस्या भएकोले उनको परिवार हालको तुलसीपुर उपमहानगरपालिका–७ शिबनगर सल्यान सडकको छेउमा ऐलानी जमिनमा बसाइँसराइ सरेका थिए ।
सुरुमा केहि महिना अहिलेको तुलसीपुर–५ समीक्षालय रहेको ठाउमा स्कुल थियो । त्यहीँ पढन गए । त्यसपछि अहिलेको माबि सेन्टरमा कक्षा १–३ सम्म प्राथमिक शिक्षा हासिल गरि ४ कक्षामा भर्ना हुन महेन्द्र माबि तुलसीपुरमा गए । सोही स्कुलमा आठ कक्षा पढदापढदै दक्षिण भारतको केरला राज्यको आलप्पी भन्ने ठाउमा भागेर गए । जहाँ उनले निकै दुःख पाए ।
त्यहाँबाट फर्केपछि पुनः गुरुजजुर माबि रक्षाचौरमामा भर्ना भए । त्यहाँ कक्षा ९–१० सम्म पढदापढदै उनले पत्रकारितामा हात हालेका थिए । २०४४ सालतिर उनले तत्कालिन अबस्थामा दाङ प्रकाशित हुने राप्ती समाचार साप्ताहिकबाट रक्षाचौर स्कुलको गतिविधि प्रकाशित गर्थे । त्यो समाचार प्रकाशन भएपछि उनलाई उक्त कम्युनिस्ट पार्टीको सदस्य हुन भन्ने आरोप बिद्यालय प्रशासनले लगायो र तत्कालीन राप्ती अञ्चलाधीश जगदीश खडकाले स्पष्टीकरण सोध्यो । यस घटनामा उनका साथी हिरामणी दुखी समेत थिए ।
पहिलोपटक पञ्चायती शासकलाई स्कुलको चुकलीमा केही घण्टा हिरासतमा बस्न बाध्य भएका थिए । यो घटना नै उनको बिद्यार्थी जीबनको राजनीतिक यात्राको पहिलो सङघर्षको खुड्किलो थियो । गुरु जजुर माबि रक्षाचौरले स्कुलबाट निकाल्ने निर्णय गर्नेलाग्दा त्यो भन्दा पहिले नै जनश्रम माबि खाद्रे मा कक्षा १० मा भर्ना भइसकेका थिए । सोही बिद्यालयबाट २०४४ को एसएलसीमा तेस्रो श्रेणीमा पास भएका थिए । तर, गुरुजजुर माबि त्यतिबेला एसएलसीमा शून्य भएको थियो । त्यतिबेला उनै दुईजना एसएलसीमा पास भएका थिए । ‘जुन दिन मेरो हातमा एसएलसी पासको मार्कसिट हातमा पाउँदा जिबनमा सबैभन्दा ठुलो खुसि लागेको थियो’, उनले भने ।
खाद्रे स्कुलमा पढदापढदै रक्षाचौर स्कुलका तत्कालीन नेतृत्वले खाद्रे स्कुलमा नेबिसंघका केटाहरु प्रयोग गराई कुटपिट पनि गराएका थिए । त्यो घटना नै आफ्नो विद्यार्थी राजनीतिक जीवनमा कुटिएको पहिलो घटना भएको उनी बताउछन् ।
एसएलसीको मार्कसिट,ट्रान्सर्फमर सर्टिपिकेट हात परेपछि कलेज पढने अबसर घरबाट थिएन । बाआमाले पढाइ यत्ति हो । अब जागिर खानुपर्छ भनी दवाब दिएपछि माबि अश्वारामा प्राबि दरबन्दीमा शिक्षक पदमा काम गर्न सुरु गरे ।
२०४५ असार देखि शिक्षण पेशामा आबद्ध भएका उनी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा कलेजमा पनि जोडिए । मानबिकि पढनपनि नाम निक्लनुपर्ने धौ–धौ । तेस्रो श्रेणीमा उत्तीर्ण क्याम्पसमा नियमित पढन नाम पनि ननिस्के पछि उनको एक बर्ष त्यत्तिकै बित्यो । ०४५ तिर शिक्षा कार्यालय दाङ लगायत नेपालका केही पहाडी जिल्लामा शिक्षा आयोग खोलेका थिए । रुकम जिल्लाबाट शिक्षा आयोगद्वारा नाम निकालेर स्थायी शिक्षक भई २०४६÷०३÷२८ मा जनसेवा प्राबि कोल गोलखाडा (हालको पूर्वी) मा नियुक्ति भई शिक्षण सेवामा २२ बर्ष छ महिना सेवागरि । त्यसपछि २०६८ मा उनले स्वैच्छिक अवकास लिएका हुन् ।
२०४६ देखि ०६१÷०६२ को आन्दोलनमा प्रत्येक्ष सहभागी हुँदै २०४६ चैतमा पञ्चायत ब्यबस्था खारेजीको माग गर्दै आन्दोलनमा सहभागी भएको कारणले उनी रुकुम चौरजहारी प्रहरी चौकीमा ७ दिन चरम यातना भोक्न बाध्य भए । कष्टकर दिन बिताएको र देशमा बहुदलीय ब्यबस्थाको आगमनपछि २०४६÷१२÷२७ गते हिरासत मुक्त भए । जनयुद्ध थालनीको पहिलो पोष्टर २०५२÷१०÷३० गते राति दाङको तुलसीपुरका भित्ताभित्तामा टासेर दाङमा जनयुद्ध थालनी भएको उदघोष गर्दै प्रचारात्मक अभियानमा उनी सहभागी भए । आन्दोलनकै क्रममा २०५९÷०६÷०७ गते तत्कालिन शाही नेपाली सेनाले स्कुलबाट गिरफ्तारी गरि १५ दिनसम्म चरम यातना दियो । सिमखर्क ब्यारेकमा राखि यातना पाएका उनको सोही कारणले अहिले ढाडमा समस्या देखिएको छ ।
उनले आफ्नो राजनीतिकको गुरुका रुपमा हिरामणी दुःखीलाई लिन्छन् । उनी २०४३/०४४ देखि अखिल बिद्यार्थी संगठन हुदै नेकपा (मशाल) पार्टी एकता पछि नेकपा (एकताकेन्द्र) त्यसपछि जनयुद्धमा जानुभन्दा पहिलो नेकपा (माओबादी)
हुदै नेकपा .(एमाओबादी), नेकपा (माओबादी केन्द्र) को पार्टी सदस्य, शिक्षक मोर्चाको जिल्ला नेतृत्व तहसम्म काम गरेका थिए । त्यसपछि पार्टीप्रति असन्तुष्टि जनाउदै आएका उनी (माओबादी केन्द्र )को बिभाजन पछि नेकपा ( माओबादी) प्रति सहानुभूति राख्ने गरेको भएपनि सकृय थिएनन् । पछि बैद्यबाट विप्लव, बादल, देव गुरुङ छुट्टिएपछि सच्चा कम्युनिष्टहरु बैद्यतिर रहेको भन्दै त्यसमा भने सक्रिय भएर लागेको उनी बताउछन् । हाल उनी देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ देउखुरीका जिल्ला अध्यक्ष छन् ।
परिवार
उनको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन । घरका सबैले उनको बिचार,सिद्धान्त,ब्यबहरप्रति गर्व गर्छन । यहीँ नै जीवनमा परिवारलाई दिएको उचित शिक्षा हो भन्ने उनलाई लाग्छ ।
उनको जिवनमा एक सफल शिक्षक बन्ने इच्छा थियो तर शिक्षक भएपनि आदर्श शिक्षक बन्न नसकेको उनलाई अनुभूति भएको छ ।
जीवनलाई कसरी लिन्छन् ?
जीवनलाई उनले बगिजाने पानी झै लिन्छन् । आफुले कसरी सरल असल आदर्श बनाउन सकिन्छ भन्ने कुरा कुराले होइन ब्यबहारबाट परिबर्तन गर्नसक्ने ब्यक्ति नै जीवन हो भन्ने उनलाई लाग्छ । उनले आफ्नो बाँकी जीवन जीवन सरल,सहज, आदर्श,सुयोग्य नागरिक, भ्रष्टाचार मुक्त समाज सृजना गर्न तर्फ लाग्ने बताए ।
आफू कृयासिल रहेको संघसंस्थामा अग्रगामी परिवर्तन गर्न निरन्तर खटने र सुधारका लागि प्रयत्नशील रहने र समाजमा उदाहरणीय परिवर्तन गर्न निरन्तर खटने उनको योजना छ । उनले आफू सबैले सम्झने योग्य पात्र बनेर गाउँ टोल समाजको आदर्श नागरिक बन्ने गरि काम गरेको बताउछन् । प्रस्तुती : देवराज कडेँल
साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । २३ मंसिर २०७८, बिहीबार ११:२९ बजे