तुलसीपुरमा बसकाे ठक्करबाट ८४ बर्षीय भण्डारीकाे मृत्यु

तुलसीपुर १२ भदाै ।

तुलसीपुरमा बसको ठक्करबाट एक जेष्ठ नागरिककाे मृत्यु भएको छ । तुलसीपुरको बिरेन्द्र चोकमा शुक्रबार बेलुका सवा ६ बजेतिर रुकुमबाट आएको बसले ठक्कर दिँदा गम्भिर घाइते भएका सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ का ८४ वर्षीय भिम बहादुर भण्डारीको निधन भएको हो । नेपालगञ्जमा नर्सिङ होममा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखतबहादुर शाहीले जानकारी दिनुभयो । उनलाई रुकुम पश्चिमबाट तुलसीपुर आएको ना ३ ख ४४०० नम्बरको यात्रु बहाक बसले ठक्कर दिएको हो । सोही बसबाटै ओर्लेका उनलाई शुक्रबार बेलुका तुलसीपुरको बीरेन्द्र चोकमा बसले ठक्कर दिएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।