वडालाई सार्वजनिक शौचालय हस्तान्तरण

तुलसीपुर
१० भदौ /दाङको शान्तिनगर गाउँपालिका वडा नं.१ का एक स्थानीयले निर्माण भएको सार्वजनिक शौचालय वडालाई हस्तान्तरण गरेका छन् ।

वडाको खिलतपुर निवासी मेघराज केसीले दिवंगत वुवा जंगविर केसी, आमा इश्वरी केसी र श्रीमति नोखी कुमारी केसीको स्मृतिमा वडाको नयाँबस्तीमा निर्माण गरेको सार्वजनिक शौचालय हस्तान्तरण गरेका हुन् ।


दुई कोठे पक्की शौचालयको शुक्रबार वडाध्यक्ष जंगबहादुर पुनलाई हस्तान्तरण गरेको वडा सचिब पृथ्वी पौडेलले जानकारी दिए । सोही स्थानमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै शौचालय निर्माण गरेर हस्तान्तरण गरेको केसीले बताए । मेघराज केसीको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा लेखा अधिकृत लेखा भण्डारी,सुमन पाण्डेलगायतको सहभागिता रहेको थियो । विक्रम केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण पूर्णबहादुर वलीले गरेका थिए ।