दाङका सबै क्रसर उद्योग बन्द

दाङ, २ माघ ।
गृहमन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत २० गते मन्त्रालयले निर्देशन दिएसंगै २१ गते जिल्ला प्रशासन कार्यालय,दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योगहरू बन्द गर्न निर्देशन दिएको थियो । सोही अनुरुप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । अहिले सबै उद्योग बन्द भएपनि बैद्य र अबैद्य उद्योग प्रमाणित पछि बैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ ।

उद्योगहरुको अनुगमनकालागि समिति पनि गठन गरिएको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाको संयोजकत्वमा छानवीन तथा अनुगमन समिति समेत गठन गरिएको हो । जसको सदस्यहरूमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी संघका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला घरेलु कार्यालय, विद्युत कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने छन् । सोही समितिले कागजातका आधारमा छानविन अगाडी बढाउनेछ ।


दाङमा १२ वटा क्रसर उद्योग, ३२ वटा बालुवा प्रशोधन केन्द्र रहेका छन् । तर, प्रशोधनको अनुमति पाएका ८ वटा उद्योगले क्रसरको काम गरिरहेका छन् । साभार : अग्रिम साप्ताहिक