स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भोली गृह जिल्ला दाङ आउदै

दाङ, १० भदौ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी पश्चिम दाङका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्रीहरु ल्याई भोलि गृह जिल्ला दाङ आउनु हुने भएको छ ।

शान्तिनगर, बबई र दंगीशरणमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्रीहरु ल्याई दाङ आउन लागेको एकीकृत समाजवादी पार्टिका जिल्ला प्रवक्ता दिपक कुमालले जानकारी दिनुभयो ।


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भए पछि केसीले दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठिान र राप्ती प्रादेशिक अस्पतालमा १८ वटा डाइलाईससि मेसिन भित्र्याएका थिए ।