दाङ पहिलो स्थानियतहको रुपमा दंगीशरणमा आधुनिक गर्भनिरोधक सुइको सेवा शुरू

दंगीशरण, १५ बैशाख ।
दाङ जिल्लामै पहिलो पटक स्थानिय तहको रूपमा दंगीशरणमा आधुनिक गर्भनिरोधक सेवा शुरू भएको छ । आधुनिक गर्भनिरोधक साधनको रुपमा दाङका १० वटा पालिका मध्य दंगीशरण गाउँपालिकामा पहिलो पटक सायना प्रेश (D.M.P.A-SC)  गर्भनिरोधक सुइको सेवा सुरु भएको हो ।

स्वास्थ्य साखा दंगीशरणको आयोजनामा सायना प्रेश सेवा संचालन तथा विस्तार सहजीकरण सामाग्रीबारे आज प्रशिक्षण कार्यक्रम समेत गरिएको छ । २०७७/०७८ मा सिन्धुलि र नवलपरासीमा परीक्षणको रुपमा लागु भएको सायना प्रेश सुइ अहिले दाङमा पहिलोपटक दंगीशरणमा सेवा शुरु गरीएको पालिकाले जनाएको छ ।


आज एक कार्यक्रमका बिच दंगीशरण भित्रका सवै स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ सायना प्रेश सुइको प्रयोग र यसका फाइदाहरुका वारेमा जानकारी गराइएको छ ।

सो अवसरमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले आधुनिक प्रविधिको विकास सङ्गै सजिलो र सहज तरीकाको अस्थायी गर्भ निरोधक साधनको रुपमा सायना प्रेश सेवा दाङमै पहिलो पटक दंगीशरणमा सुचारु गर्न पाउदा आफु धेरै खुसि भएको बताए । आफु निर्वाचित भएर आइसकेपछी स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखि काम गरिरहेको समेत उनले बताए ।