तुलसीपुर
८ भदौ / दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर न्यूनतम सेवा मापणमा विगत भन्दा बढि अंक आएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले बिभिन्न सूचकका आधारमा गरेको न्यूनतम सेवा मापदण्डमा प्रादेशिक अस्पताल तुलसीपुरले ८४ प्रतिशत अंक ल्याएको छ । अघिल्लो आर्थिक बर्षमा ७१ प्रतिशत ल्याएकोमा अहिले यसलाई बृद्धि गर्न सफल भएको हो ।
अस्पतालको सेवा, प्रशासनिक अबस्था, भौतिक संरचनालगायतलाई आधार बनाएर प्रत्येक ६÷६ महिनामा मूल्यांकन गर्ने गरिएको छ । सोही अनुसार यो पटक आफ्नो दक्षतालाई बृद्धि गरेर ८४ प्रतिशत पु¥याएको अनुसन्धानकर्ता दुर्गा लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विगत भन्दा अस्पतालको सेवा देखि हरेक कुराहरु सुधार हुँदै गएको बताएनुभयो ।“अस्पतालको सेवा विस्तारै सुधार हुँदै गएको छ”,उहाँले भन्नुभयो“ विगत भन्दा सेवा राम्रो भएकै कारण अहिले राम्रो अंक पनि आएको छ ।”
उहाँका अनुसार प्रादेशिक अस्पताल अहिले प्रदेशकै चौथो स्थानमा र नेपालमै सातौ स्थानमा पर्न सफल भएको बताउनुभयो । प्रदेशमा सबै भन्दा बढि गुल्मी अस्पताल, त्यसपछि बर्दिया र कपिलबस्तु अस्पतालले ल्याएको छन् । अञ्चल अस्पताललाई प्रादेशिक बनाएसंगै अस्पतालमा बिशेषज्ञ डाक्टरहरु पनि बढि रहेको र सेवा पनि थप प्रभाबकारी हुँदै गएको उहाँको भनाई थियो । अस्पतालमा फिजियो थेरापी सेवा सञ्चालन हुन नसकेको भन्दै त्यसलाई तत्काल सुचारु गर्नुपर्ने समेत उहाँले बताउनुभयो । यसरी अस्पतालको स्तरबृद्धि हुँदै जानु तुलसीपुरमात्रै नभई साबिक राप्तीकालागि सकारात्मक कुरा भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । अस्पताल रेफर सेन्टर भएको भनि गुनासो आएको भन्दै सेवालाई अझ प्रभाबकारी बनाएर नमूना अस्पताल बनाउन आबश्यक रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद गिरीले बताउनुभयो ।
अस्पतालमा अझै चिकित्सकसहितको जनशक्ति आबश्यक रहेको अस्पताल बिकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताउनुभयो । अहिले अस्पताल दुईसय बेडको रुपमा सञ्चालन भएको भएपनि दरबन्दी स्वीकृत नहुँदा सेवालाई प्रभाबकारी बनाउन समस्या भएको बताउनुभयो ।
लाइभदाङ । ८ भाद्र २०७९, बुधबार २०:२४ बजे