दाङ
३ असोज । विगत जस्तै यस पटक पनि सरकारले संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको कैद मिनाह गरेको छ ।
सरकारले महत्वपूर्ण पर्व तथा दिवस अवसरमा असल आचरण, ५० प्रतिशत कैद भुक्तान गरिसकेका केदीबन्दीलाई रिहा गर्ने गरेको छ । सोही अनुसार तुलसीपुरका ७ र घोराही कारगारबाट ५ जना कैदीको कैद मिनाह भएको हो ।
जसमा तुलसीपुर कारागारबाट ६ जना कर्तव्य ज्यान मुद्दाका एक जना चोरी मुद्दाका कैदीलाई रिहा गरिएको जेलर विष्णुप्रसाद पाण्डेले बताए ।
त्यस्तै घोराहीका तीन जना कर्तव्य ज्यान, एक जना सवारी ज्यान र एक जना हातहतियार तथा खरखजनाका मुद्दाका कैदीको कैद मिनाह गरिएको जेलर युवराज परियारले बताए । हाल घोराहीमा ३ सय २५ र तुलसीपुरमा ४९० जना कैदीबन्दी रहेका छन् ।
लाइभदाङ । ३ आश्विन २०७८, आईतवार १०:१४ बजे