ड्याममा डुबेर बेपत्ता भएका पुरुषको तीन दिन पछि शव भेटियो

दाङ, ८ भदौ ।
दाङमा ड्याममा डुबेर वेपत्ता भएको पुरुषको शव तीन दिन पछि भेटिएको छ । उनको शव बुधबार मध्यान्ह साढे १२ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।


घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरी गत सोमबार बिहान ११ बजेको समयमा कर्जाही स्थित ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएका थिए । ड्याममा डुबे लगत्तै खोजि कार्य जारी राखे पनि उनको शव भेटिन सकेको थिएन । वेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयको टोलीले खोजी गरेको थियो ।