डम्पिङ गरेको अबैध नदिजन्य पदार्थ गढवा गाउँपालिकाको कब्जामा

गढवा, २ भदौ ।
गढवा गाउँपालिकाले अबैध रुपमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थलाई उठाउने कार्य सुरु गरेको छ । पटक पटक जानकारी, छलफल र सूचना दिंदा पनि कोही सम्पर्क नआएकोले बेबारिसे भेटिएको ढुङ्गा, बालुवा, मिस्कट लगाएतको पदार्थलाई पालिकाले उठाउन सुरु गरेको हो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको संयोजकत्वमा बनेको चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुको नापजाँच समितिले डम्पिङ गरीराखेको नदिजन्य पदार्थ उठाई सुरक्षित स्थानमा राख्न थालेको हो ।

गढवा गाउँपालिका अन्तर्गत नदी तथा खोलाहरुको किनार तथा गढवा गाउँपालिकाका अन्तर्गत सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको छेउछाउमा अबैधरुपमा संकलन गरी डम्पिङ गरीराखेको नदिजन्य पदार्थलाई पालिकाले नियन्त्रणमा लिएको हो ।

बुधबार टोलीले स्टक गरेको नदिजन्य पदार्थ गढवा गाउँपालिका वडा नम्बर – १ जेठानगाउ स्थित संचालित लक्ष्मी एग्रिगेट बालुवा प्रशोधन उद्योगको उत्तरतर्फ राप्ती नदीको किनारमा राप्ती नदी तटबन्ध भन्दा उत्तरतर्फ अबैध रुपमा नदिजन्य पदार्थको उतखनन् गरी डम्पिङ गरी राखेको बेबारिसे नदिजन्य पदार्थ ढुङ्गा गढवा गाउँपालिकाको टोली र सुरक्षा निकायको उपस्थितिमा दुई टिप्पर डुङ्गा आफ्नो नियन्त्रणमा लिएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।


पालिकाले ५६.६ घनमिटर ढुङ्गा आफ्नो नियन्त्रणमा लिएको छ । यस्तै ६ हजार २ सय १७ दशमलव ५४ घनमिटर ढुङ्गाको नापजाँच गरी गढवा गाउँपालिकाको टिम र सुरक्षा निकायको संयुक्त टोलीसंग डम्पिङ गरेर राखेको ढुङ्गा सम्बन्धित ब्यक्तिहरु सम्पर्कमा आएर मेरो हो भनि दाबी गरेको हुनाले पालिका र सुरक्षा निकायको रोहबरमा नापजाँच गरी एक साताभित्र उल्लेखित परिणाम बराबरको कागजपत्ररराजस्व बुझाएको कागज र राजस्व गाउँपालिकामा बुझाई सक्नु पर्ने र दुई महिना भित्र अबैधरुपमा डम्पिङ गरेर राखेको ठाउँ खाली गर्ने गरी लिखित सहमति भएको जनाईएको छ ।

टोलीमा गढवा गाउँपालिका प्रशासन प्रमुख पुनाराम शर्मा, गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी, वडा नम्बर २ का अध्यक्ष भक्तु चौधरी, वडा नम्बर ३ का अध्यक्ष तुलसी राम अधिकारी, वडा नम्बर ४ का अध्यक्ष हरिभगत चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, वडा नम्बर ६ का वडाध्यक्ष बिर बहादुर आले मगर, एक नम्बर वडा सदस्य देविलाल थारु कुमाल, चार नम्बर वडा सदस्य टुकमान कुंवर र अति उल्लाह मनिहार, गढवा गाउँपालिका इन्जिनियर बिनय कुमार यादव, गढवा गाउँपालिकाको प्रेस संयोजक आलोक भावुक, सुरक्षा निकाएका तर्फ बाट रमेश कुम्हार, बिष्णु बहादुर कुमाल, राजकुमार लोध, कालु सिह धावक र रमेश चौधरी लगाएको उपस्थितिमा बेबारिसे ढुङ्गा पालिकाले आफ्नो नियन्त्रणमा लिईएको वडा नम्बर ३ का अध्यक्ष तुलसी राम अधिकारीले जानकारी दिनुभयो।

अबैधचोरी तस्करी तथा उत्खनन् रोक्ने कार्य निरन्तर चल्ने र कानुन् सम्बत् नभए तुरुन्त कार्बाही गरिने चोरी निकासी नियन्त्रण तथा क्रसर उध्धोग तथा बालुवा प्रशोधन उद्योगहरुको नापजाँच समितिका संयोजक यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।