घोराही बसपार्कबाट हराइन लिला सार्की, खोजिगरिदिन आफन्तको आग्रह

दाङ, १ भदौ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. २ की करिब ४५ वर्षीया लिला सार्की हराउनुभएको । उहाँ दाङको घोराहीस्थित नयाँ बसपार्कबाट साउन २९ गते आइतबारदेखि हराउनुभएको हो।

उहाँ सोहि दिन स्वर्गद्वारीबाट घोराहीसम्म बसमा आउनुभएको थियो । त्यसपछि बसपार्कबाट सम्पर्क विहीन भएको आफन्तले जानकारी दिएका छन् । आफन्तका अनुसार उहाँले गुनियो र टिसर्ट लगाउनुभएको छ भने लट्टा परेको कपाल छ ।


साथमा एउटा झोलासमेत बोक्नुभएको छ । प्रहरीलाई खोजतला गरिदिन आग्रह गरिएको भएपनि चार दिनदेखि उहाँ नभेटिनुभएको परिवारले जनाएको छ ।

कसैले देखेमा वा भेटाएमा प्रहरीमा बुझाइदिन तथा प्रहरीमा सम्पर्क गरिदन परिवारले आग्रह गरिएको छ । साथै सार्कीकी आफन्तको फोन नम्बर ९८१०८१९६५२ वा ९८०९५०१४७३ वा ९८०९७ ९४५४९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।