
मिति २०८२जेठ २९ गते ।
मेष-धन लाभको योग छ, तर व्यवहारमा चतुरता अपनाउनु राम्रो हुनेछ। आत्मबल उच्च रहनेछ। वैदेशिक क्षेत्र वा प्रतियोगितामा सफलता मिल्नेछ। साझेदारीमा हतार नगर्नुहोस्।
वृष-आर्थिक निर्णय सोचेर गर्नुहोस्। दाजुभाइ वा साथीबाट सहयोग मिल्नेछ। बोलीमा सन्तुलन राख्नु उपयुक्त हुनेछ। स्वास्थ्य सामान्य नै रहनेछ।
मिथुन-आज बोलीको प्रभावबाट काम बन्न सक्छ। कामको चाप बढ्न सक्छ। कागजी काममा ध्यान पुर्याउनुहोस्। नयाँ प्रस्तावहरू आउन सक्छन्।
कर्कट-धन लाभ, विशेष गरी महिलाले फाइदा पाउने समय। परिवारमा खुसीको वातावरण रहनेछ। विदेश जाने योजना बनेको छ भने आज अनुकूल दिन हो।
सिंह-शारीरिक थकान अनुभव हुन सक्छ। घरायसी झमेला टार्न चुप लाग्नु बुद्धिमानी हुनेछ। सानो कामबाट ठूलो लाभ हुनसक्छ।
कन्या-आज चन्द्रमा तपाईंको राशिमा भएकाले भावनामा बहिन सक्ने दिन हो। निर्णय सोचविचार गरेर लिनुहोला। प्रेमसम्बन्ध वा सार्वजनिक कुरामा सतर्क रहनुहोस्।
तुला-अचानक खर्च बढ्न सक्छ। गोप्य कुरा बाहिरिन सक्छन्, ध्यान पुर्याउनुहोस्। मानसिक तनाव भए पनि ध्यान वा सान्निध्यले शान्ति मिल्नेछ।
वृश्चिक-मित्रता र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। कामको सन्दर्भमा यात्रा सफल हुनेछ। मानसम्मान बढ्ने योग छ।
धनु-आजको दिन तपाईका लागि उत्तरदायित्व बोकेको दिन हो। पारिवारिक वा प्रशासनिक काममा सफलता मिल्नेछ। उच्च पदमा बसेकाको सहयोग पाइन सक्छ।
मकर-सूर्यको दृष्टिले तपाईंको राशिमा प्रभाव परेकाले भाग्य बलियो बन्नेछ। विदेश वा धर्मतिर मन जानेछ। गुरुजनको आशीर्वाद पाइने समय हो।
कुम्भ-आज गोप्य वा अनुसन्धानको काममा प्रगति होला। मान्यजनसँग मनोमालिन्यता हुन सक्छ। खर्च र तनाव दुवै एकसाथ आउनसक्छ, धैर्य राख्नुहोस्।
मीन-साढेसातीको अन्तिम चरणमा चन्द्रमा सप्तममा भएकाले दाम्पत्य वा साझेदारीमा उतारचढाव देखिन सक्छ। विदेश जाने वा ठूला निर्णय लिने सोच बनिरहेको छ भने एकचोटि पुनः समीक्षा गर्नु उत्तम हुनेछ
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । ३० जेष्ठ २०८२, बिहीबार ०७:०९ बजे