शान्तिनगरमा नयाँ प्रमुख प्रशासकिय अधिकृत

निराश पान्डे
शान्तिनगर, २६ साउन ।
शान्तिनगर गाउँ पालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयबाट सरुवा भइ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत डिल्ली बहादुर खड्कालाई खादा र अबिर लगाई स्वागत गर्नु भएको छ।

भने उता मंगलबार आफ्नो दुई बर्षसम्म शान्तिनगरको प्रमुख प्रशासकिय अधिकृत रूपमा काम गर्नु भएका रेमन्त बहादुर डाङ्गीलाई कर्मचारी परिवारले बिदाइ गरेका छन। डाङ्गी रोल्पाको रुन्टिगढी गाउँपालिकामा सरुवा हुनु भएको छ।