डिभाईन टेम्पलमा ४ दिने आत्मरक्षा तालिम सम्पन्न

यमकला भुसाल
तुलसीपुर , ८ पुष ।
दाङ तुलसीपुर – ६ स्थित डिभाईन टेम्पल एकाडेमीमा सञ्चालित ४ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

डिभाईन टेम्पल एकाडेमीको आयोजना र युथ्स अफ तुलसीपुरको समन्वयमा भएको उक्त तालिमको आइतवार एक कार्यक्रमका बिच समापन गरिएको छ । तालिममा विद्यालयमा अध्यनरत कक्षा ६ देखि कक्षा १० सम्मका १ सय ५ जना किशोरीहरुको सहभागिता थियो ।

डिभाईन एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशन भोजराज न्यौपानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेशनल प्यावसनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगीले किशोरीहरुलाई अगाडि बढन र आफू सुरक्षित रहन यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने विस्वास व्यक्त गरे ।

विद्यार्थीहरुको गहना अनुसासन भएको बताउँदै उनले अनुसासन भएमा मात्र आफुलाई हरेक ठाउँमा परिचित गराउन सकिने बताए । त्यस्तै उनले शिक्षा निति र देशको अवस्थाले पछिल्लो समय हजारौँ दक्ष विद्यार्थीहरु विदेश पलायन भैरहेको भन्दै त्यसलाई रोक्न सबैले ध्यान दिनुपर्ने तर्क गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष वर्षात भण्डारीले आत्मरक्षा तालिमले समाजलाई सुरक्षित बनाउन इट्टा थपेको तर्क गरे । ‘समाज असुरक्षित बन्दै गएको छ,छोरी–चेलीहरु आफ्नो आफन्त र साथीहरुबाट जतिबेला पनि आक्रमणमा पर्न सक्छन,उनले भने,‘त्यसैले यो कार्यक्रम आफैमा महत्वपुर्ण छ । ’


साथै उनले डिभाइन टेम्पल एकाडेमीले विद्यार्थी र अभिभावकको मन जितेर शैक्षिक गतिविधी मात्र नभई सामाजिक कार्यहरु समेत गर्दे आएको भन्दै प्रसंसा गरे ।

कार्यक्रममा छात्रा अन्सिका एमसी,सचि शाहले छोटो समयमा पनि आत्मरक्षा तालिमबाट धेरै कुराहरु सिक्ने पाएको बताए । उनीहरुले छोरीहरुको आत्मविस्वासलाई बढवा दिन विद्यालय र युथ्स अफ तुलसीपुरले दिएको तालिम महत्वपुर्ण रहेको भन्दै धन्यवाद समेत दिए ।

त्यस अवसरमा तुलसीपुर जेसिजका महासचिव एवं आत्मरक्षा तालिमका प्रशिक्षक सन्दिप भुसाल,विद्यालयका क्याली ग्राफर हिमाल डाँगी लगाएतले बोलेका थिए । युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रीन्सिपल कुलानन्द अधिकारीले संचालन गरेका थिए । 

कार्यक्रममा छात्राहरुले विभिन्न सांस्कृतिक नृत्य,गित,डेमोहरु प्रस्तुत गरेका थिए । किशोरीहरुको आत्मबल बढाउने र अप्ठ्यारो परिस्थितिमा आफ्नो सुरक्षा आफै गर्नसक्ने बनाउन तालिमको आयोजना गरिएको थियो ।

उक्त तालिमको प्रशिक्षकमा सन्दीप भुसाल,जातिका डाँगी,जेसिना रसाइली र निसा खड्का रहेका थिए ।