तुलसीपुरमा उद्यमशिलता र साइबर क्राईम सम्बन्धि अभिमुखिकरण

दाङ, २६ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तुलसीपुरमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । अन्तर पुस्ताको एक्यवद्धता,सवै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भने नाराको साथ सेन्टर माबि तुलसीपुरमा साइबर क्राईम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नगर स्तरिय युवा संजालका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा ६ नम्बर वडा अध्यक्ष बर्सात भणडारी, प्रमुख प्रशिक्षक इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रेशम बिसि,कार्यपालिका सदस्य लक्षमण बिस्वकर्मा, शिक्षा युवा खेल्कुद महशाखाका अधिकृत मन बहादुर खड्का लगायतको सहभागीता रहेको थियो ।


नगर युवा संजालको आयोजना र शिक्षा युवा खेल्कुद महाशाखा ,महिला बालबालिका शाखा ,ग्रीन फाउन्डेसन नेपाल ,जिल्ला युवा समिती ,दिदिधर,रानी केकको सहकार्यमा भएको कार्यक्रममा २०० जना युवाहरु सहभागी थिए । कार्यक्रमको सन्चालन संजालका सचीव प्रेरणा परियारले गरेकि थिईन्।

यसैबिच तुलसीपुर उपमहानगरको सभा हलमा उद्यमशिलता सम्बन्धि अभिमुखिकरण र संबाद कार्यक्रम भएको छ । उद्दमसिलताको प्रशिक्षकहरुमा निबर्तमान नगर प्रमुख घनश्याम पाण्डे, लक्ष्मी बैंकका म्यानेजर शरोज चौधरी, जिल्ला युवा समितीका अध्यक्ष सुरेश कुमार रावत रहेका थिए । कार्यक्रमको सन्चालन ग्रीन फाउन्डेसन नेपालका कोषाध्यक्ष खुम प्रसाद गरेका थिए ।