लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा वृक्षरोपन

निरला अर्याल
तुलसीपुर, १७ असार ।
लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा तुलसीपुर-९ मा रहेको अमृत पुर खानेपनि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । वातावरणीय सन्तुलन बिग्रिन नदिन तथा स्वच्छ वातावरणमा बनाउने उदेश्यल उक्त परिसरमा वृक्षरोपण गरिएको हो । मानव र वृक्ष बीचको सम्बन्ध प्रगाढ छ जो एक बिना अधुरो छ : बाँचुन्जेल अक्सिजन प्राप्त गर्नको लागि पनि रुख विरुको आवश्यक पर्ने भएकोले उक्त परिसरमा विरुव रोपेको क्लबका अध्यक्ष दीपक केसीले बताउनु भयो।
विभिन्न प्रजाति का बिरुवा हरु सितलचिनी, जामुना, मसला, बकाइनो, चिउरी, विजयसाल, टीक, जामुना, धुपी लगायत ४ दर्जन बढी बिरुवाहरू रोपिएको छ । रोपिएको बिरुवा हरुलाई संरक्षण गर्न क्लवले निरन्तरता दिने सचिव प्रकाश भुसालले बताउनु भयो ।
कार्यक्रममा कार्यालय प्रमुख शुसिल काफ्ले बन डिभिजन कार्यालयका तुलसिराम काफ्ले लगायतकाले वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याउने बताउनु भयो।
ठाउ उपल्बध बनाइ दिनुहुने अमृतपुर खानेपानीलाई क्लवले विशेष धन्यवाद दिएको छ । क्लवले वातावरण, स्वास्थ्य, प्राकृतिक प्रकोप, राहत उद्धार तथा विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आईरहेको संस्थाका उपाध्यक्ष भीम ओलीले जानकारी दिनु भयो ।