प्रतिमिनेट ६ लिटर उत्पादनको अक्सीजन प्लान्ट हस्तान्तरण

सुशील बस्नेत
दाङ,२२ साउन ।
प्रति मिनेट ६ सय लिटर अक्सीजन उत्पादन क्षमताको अक्सीजन प्लान्ट राप्ती प्रादेशिक अस्पतालले प्राप्त गरेको छ । क्यानेडिन रेडक्रसले राप्ती प्रादेशिक अस्पताललाई ३ करोड लगानीमा उक्त अक्सीजन प्लान्ट आईतबार तुलसीपुरमा हस्तान्तरण गरेको हो ।

२ घण्टामा ८ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्टले राप्ती प्रादेशिक अस्पताललाई आबश्यक पर्ने अक्सीजन आपुर्ति गर्ने छ भने बाँकी अक्सीजनलाई माग भए अनुसार बिक्रि गर्न सक्ने राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर बिनोद सिंहले जानकारी दिनुभयो ।

राप्ती प्रादेशिक अस्पतालमा दैनिक ३० देखि ४० वटासम्म अक्सीजन सिलेण्डर आबश्यक पर्ने,डाक्टर सिंहको भनाई छ । तर कोरोना भाईरस वा अन्य माहामारिको समयमा भने कति आबश्यक पर्ने हो भन्ने यकिन गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा क्यानेडियन रेडक्रसका प्रतिनिधि लक्ष्मण क्षेत्रीले भक्तपुर र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यसप्रकारको अक्सीजन प्लान्ट उपलब्ध गराएको जानकारी दिनुभयो ।

यी जिल्ला बाहेक अन्य स्थानमा उपलब्ध गराईएको छैन्,क्षेत्रीले भन्नुभयो । ब्यापक रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका बखत आबश्यक पर्ने अक्सीजन उत्पादन गर्ने उदेश्यले प्लान्ट उपलब्ध गराईएको भएपनि झण्डै १ बर्ष पछि हस्तान्तरण गरिएको बताउनुभयो ।


राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पद्मप्रसाद न्यौपानेले ५० बेडको अस्पताल गत २ बर्षदेखि कागजी रुपमा २ सय बेडमा स्तरोन्ती भएको बताउनुभयो । त्यस कारणले पनि बिज्ञ जनशक्ति र प्राबिधि सामाग्रीको आबश्यक्ता रहेको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्यले क्यानडीयन नागरिकले संकलन गरेको आर्थिक सहयोगले क्यानडीयन रेडक्रस मार्फत अक्सीजन प्लान्ट नेपाल रेडक्रस सोसाईटीको प्रयासमा राप्ती प्रादेशिक अस्पतालमा उपलब्ध गराउन पाउदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा क्यानेडियन रेडक्रसका ईन्जीनियर गोबिन्द उपाध्याय र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

क्यानेडियन रेडक्रसको तर्फबाट लक्ष्मण क्षेत्री,नेपाल रेडक्रस दाङ शाखाका सभापति नारायण आचार्यले उक्त अस्सीजन प्लान्टको कागजात र राप्ती प्रादेशिक अस्पतालको तर्फबाट अस्पताल बिकास समितिका अध्यक्ष पद्मप्रसाद न्यौपाने र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर बिनोद सिंहलाई हस्तान्तरण गर्नभएको थियो । हस्तान्तरण कार्यक्रमको सहजिकरण रेडक्रसका कार्यक्रम अधिकृत बिश्राम अधिकारीले गर्नुभएको थियो ।