दाङमा डेढ महिनामा ९ हजार बढी मतदाता थपिए

दाङ,२२ साउन ।
दाङमा करिव डेढ महिनाको अवधिमा नौ हजार बढी मतदाता थपिएका छन् । लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार गत असार १ गतेदेखि यहि साउनको १९ गतेसम्म संकलन गरेको फोटोसहितको नामावली संकलन अभियान अन्तर्गत जिल्लामा ९ हजार २ सय २२ जना नयाँ मतदाता थपिएका हुन् ।