रित्तो गाग्री लिएर अध्यक्ष बस्नेतसंग गुनासो

निराश पान्डे
शान्तिनगर, २ असार ।

पश्चिम दाङमा खानेपानीको सहज आपूर्ति नभएको भन्दै उपभोक्त हरु रित्तो गाग्री लिएर आज गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतसंग गुनासो पोखेका छन। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ पश्चिम् एकलिका करिब ५० घरधुरीका उपभोक्ताहरु आफूहरु खानेपानीको समस्या बाट सुरु देखि नै निकै पिडित भएको भन्दै रित्तो गाग्री गाउँपालिकाको गेटमा राखी अध्यक्ष प्रमोद बस्नेत र वडा नम्बर तीनका अध्यक्ष मीन बहादुर केसी र चारका अध्यक्ष गोमान बहादुर ओलिसंग छिटोभन्दा छिटो खानेपानीको सहज आपूर्तिका लागि सम्बन्धित निकायसंग पहल गरिदिन आग्रह गरेका छन।


शान्तिनगर–३ स्थित माइलिपानी खानेपानी संस्थाले शान्तिनगरको साबिक १ देखि ४ नम्बर वडाका उपभोक्ताहरुलाई निजि धारा मार्फत पानी उपलब्ध गराउदै आएता पनि पानीको स्रोत र जनसंख्या बढी भएको हुनाले यस भेगका उपभोक्ताहरु निकै मर्कामा परेका छन। टिमको नेतृत्व गरेका रेसम राज कंडेलले हामीलाई बाटो घाटो चाहिएको होइन पहिला पानी चाहियो कसरी बाच्ने धारामा पानी आउदैन तर महिनामा पानी नखाए पनि बिल तिर्नु पर्छ । यसको दीर्घकालीन समाधानको उपायको लागि हामी हजुर समक्ष आएका हौ । यो समस्या आजको होइन धेरै अघि देखीको हो तर हाम्रो कुरा कसैले सुन्दैनन्, कंडेलले भने त्यहि भएर तपाईंले हाम्रो गुनासो सुन्नु हुन्छ भनेर आएका हौ । हामीलाई आशा छ खानेपानी सहज रूपमा उपलब्ध हुने छ ।

उता गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले छिटोभन्दा छिटो खानेपानी समिति र अन्य निकायसंग समन्वय गरेर उपभोक्ताहरुलाई खानेपानी सहज रूपमा उपलब्ध गराउनका लागि आफु लागि पर्ने बताउनु भएको छ।