प्रमोद आचार्य
दंगीशरण, २८ जेठ ।
दंगीशरण ६ र तुलसिपुर २ जोड्ने खडगपुर पोटलि झोलुङ्गे पुलको एक कार्यक्रमकाविच सिलन्यास गरीएको छ । संघीय सरकारको बिनियोजित बजेट ९७ लाख ,४८ हजार १ सय,एघार लागत अनुमान सहित निर्माण हुन लागेको झोलुङ्गे पुलको सोमवार एक कार्यक्रमकाबिच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सिलन्यास गर्नुभएको हो ।
पुल सिलन्यास अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले अन्तरपालिकाका २ वटा वडाहरुलाई जोड्ने पुल निर्माणको कामले त्यहाँका नागरिकहरुलाई गाउँदेखि सहरसम्म जोडिन सहजहुने बताउनुभयो । दंगीशरण–६ को बिकट ठाउँको रुपमा रहेको खडगपुरका नागरिकहरुलाई पुल निर्माण पश्चात आवागमनमा समेत सहयोग पुग्ने अध्यक्ष गिरीको भनाइ छ ।
अर्को प्रसङ्गमा अध्यक्ष गिरीले पुल निर्माणका लागी पर्याप्त बजेट बिनियोजन नभएपनि संघ सरकार सङ्ग पहल गर्न कुनै कसर बाकि नराख्ने अध्यक्ष गिरीले बताउनुभयो । सो अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले ठेकेदारहरुको लापरबाहीले गर्दा विकास निर्माणमा समस्या आउने गरेको र नागरीकहरुले सास्ती पाउने गरेको बताउनुभयो । समयमा योजना निर्माण नगर्ने र आएको बजेट समेत फ्रीज गराउने सम्म ठेकेदारको लापरबाही प्रती आक्रोस ब्यक्त गर्नुभयो ।
सोहि अवसरमा दंगीशरण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रोशन जंग शाहले आफुले झोलुङ्गे पुललाइ अलि आधुनिक किसिमको बनाउन क्म्तीमापनि अटो मोटरसम्म चल्नसक्ने बनाउने सोचमा रहेको तर त्यस्तो पुल निर्माण गर्न बजेट अपर्याप्त देखियपछि नागरीकहरु आवतजावत गर्ने किसिमको १२० मिटर लम्बाइको झोलुङ्गे पुल सिलन्यास गर्नआफुहरु सफल भएको बताउनुभयो ।
सिलन्यास अवसरमा बोल्दै दंगीशरण ५ का वडा अध्यक्ष निरज वस्नेतले पुल समयमै निर्माण सम्पन्नगरी संचालनमा ल्याउन आग्रह गर्नुभयो ।
१२० मिटर लम्बाइमा निर्माण हुनलागेको पुल निर्माणपछि २१३ घरधुरीका १२७८ जना प्रत्यक्ष लाभान्वित हुने वडा अध्यक्ष रोशन जङ्ग शाहले बताउनुभयो ।२०८१/२/२१ मा सम्झौता भएको पुलको सामाजिम तथा प्राविधिक सहयोग सेवा प्रतीष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछभने पुलको निर्माण कार्य २०८२/२/२० मा सक्ने लक्ष निर्माण समितीले लिएकोछ ।
लाइभदाङ । २८ जेष्ठ २०८१, सोमबार २०:३१ बजे