योजना कार्यान्वयन गर्न बजेट माग

तुलसीपुर, २२ साउन ।
तुलसीपुर उपमहानगरपालिकाले विभिन्न योजना सम्पन्न गर्नका लागि अर्थमन्त्रीसहित भेटघाट गरेर बजेटको माग गरिएको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा काठमाडौ पुगेको टोलीले अर्थमन्त्री जर्नादन शर्मासंग भेटघाट गरेर योजना कार्यान्वयनका लागि बजेट माग गरिएको हो ।

त्यस्तै शहरी विकास मन्त्री मेटमणि चौधरीसंग भेटेर यस पालिकाभित्रको सडक पूर्वाधार र फोहोरलाई मोहर बनाउने पालिकाको नीतिमा सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । त्यस्तै टोलीले उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालसंग भेटघाट गर्दै तुलसीपुर क्षेत्रका लागि बहुउद्देश्यीय ग्वार खोला हाइड्याम निर्माण र बाह्रै महिना सिचाई सुविधा पु¥याउनका लागि प्रत्येक वडामा ड्याम निर्माणका लागि आवश्यक बजेट माग गरिएको छ ।


स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीसंग समेत टोलीले भेटघाट गरेको थियो । टोलीमा नगरप्रमुख टीकाराम खड्का,प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, अधिकृत झरेन्द्र खरेल रहेको नगरप्रमुखका स्वकीय सचिव गोकर्ण पौडेलले जानकारी दिनुभएको छ ।