प्युठानमा भ्रुणको हत्या गरि कुलोमा फालिएको अवस्थामा फेला

प्यूठान, २२ साउन ।
प्यूठानमा एक भ्रुण हत्या गरि कुलोमा फालिएको अवस्थामा फेला परेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं.७ पूण्यखोला ठाटीकोट स्थित खेतको कुलोमा अन्दाजी ५ महिनाको भ्रुण कुलोमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार भ्रुण परिक्षणका लागि जिल्ला अस्पतालमा प्यूठानमा ल्याइएको छ । भ्रुण हत्याको विषयमा थप अनुसन्धान भइरहेकोे छ । भ्रुण शुक्रबार विहान करिब ९ बजे फेला परेको थियो ।