बबई नदी तर्ने क्रममा बेपत्ता महिला मृत फेला

तुलसीपुर, १९ असार ।
दाङमा बबई नदीले बगाउँदा वेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको हो । बुधबार विहान ४ बजेतिर बगाउदा वेपत्ता भएकी उनकाे दिउसाे १ बजेतिर शव फेला परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
शव दंगीशरण स्थित बैबाङ पुल नजिकेै फेला परेकाे हाे । शव आफन्तले बुझि लिएका छन् । दाङमा नियमित बर्षादले गर्दा नदी तथा खोलाहरुमा पानीको वहाब बढेको छ ।