गठबन्धनको विपक्षमा उभिए शंकर पोखरेल

दाङ, २० साउन ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले बलियो शक्ति समृद्धिको आधार भएको भन्दै समृद्ध नेपाल र सुखी नेपाली नै एमालेको सरोकार भएको बताएका छन् ।

सरकारले आगामी मंसिर ४ गतेको लागि निर्वाचनको मिति घोषणा गरेको बेलामा उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । अहिले सत्तापक्षीय गठबन्धनको बैठक जारी छ ।


गठबन्धनले संसद्को निर्वाचनको लागि सिटको बाँडफाँड गर्नेगरि छलफल थालेको छ । एमाले भने एक्लै चुनाव लड्नेगरि अघि बढेको छ । तर, एमालेका शीर्ष नेताहरुले तालमेलको लागि ढोका खुला रहेको बताउने गरेका छन् ।