जन्मदिनमा भण्डारीद्वारा सेवा घरलाई सहयोग

नारायणपुर, १४ साउन ।
दाङका एक युवाले जन्मदिनको अवसरमा मानव सेवा घरलाई सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका दुधेना घर भई हाल अष्ट्रेलिया निवासी करण भण्डारीले आफ्नो जन्मदिनको अवसरमा मानव कल्याण समाजद्वारा सञ्चालित मानव सेवा घरलाई सहयोग गर्नुभएको हो ।


भण्डारीले जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सेवा घरलाई आवश्यक कुर्सी र खाने तेल सहयोग गर्नुभएको हो । शनिवार परेको जन्मदिनको अवसरमा उहाँले सेवा घरलाई १० वटा कुर्सी र १० लिटर खाने तेल सहयोग गर्नुभएको छ । सहयोग सामाग्री उहाँका दाई नारायण बस्नेतले सेवा घरमा पुगेर हस्तान्तरण गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डेको उपस्थितिमा सहयोग सामाग्री सेवा घरलाई हस्तान्तरण गरिएको थियो ।