स्वास्थ्य राज्य मन्त्रीको पहलमा प्रतीष्ठानमा आईपुग्यो १० वटा डाइलाशिस र एक्सरे मेसिन

घोराही, १३ साउन ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानमा थप १० वटा नयाँ डाइलाशिस मेसिन आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रतीष्ठानमा १० वटा डाइलाशिस मेसिन पठाइ दिएको हो ।

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसिको पहल तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानका उपकुलपती डा. बिकास लामीछाने र रजिस्ट्रार प्रकाश थापाको समन्वयमा डाइलाशिस मेसिन आइपुगेको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी निशान दाजु भट्टराईले नयाँ डाइलाशिस मेसिन सेटअप गरेर थप सेवा दिन केही समय लाग्ने बताए ।


दुइ सिफ्टमा चलाईएको डाइलाशिस मेसिनबाट २४ जना मृगौला पिडित बिरामिले सेवा पाईरहेका छन । सुचना अधिकारी भट्टराईले थपिएको डाइलाशिस मेसिन सन्चालनमा आएपछि २४ सै घण्टा बिरामिलाई नि:शुल्क डाइलाशिस सेआ दिन सकिने बताए । त्यस्तै स्वास्थ्य मन्त्रालयले हाड़जोर्नी शल्यक्रियाको लागि शल्यक्रिया कक्षमा CArm X-ray मेशीन पनि प्रतीष्ठानमा आईपुगेको छ । प्रतीष्ठानका डिन डा. सागर पन्थिले यो मेसिन आएपछि हाडजोर्नी बिरामीको लागि उपयोगि र अप्रेसन गर्दा हड्डि जोडिएको बारेमा अप्रेसन कक्षमा एक्सरे गरेर हेर्न मिल्ने बताए ।