पहिरोले अवरुद्ध घोराही–होलेरी सूचारु, साना गाडी आवतजावत

file photo

दाङ, १२ साउन ।
गएरातीदेखि लगातारको वर्षातका कारण पहिरो खसेपछि अवरुद्ध घोराही-होलेरी भित्रि सडकमा साना सवारी संचालनमा आएका छन् । गएराती १० बजेदेखि अवरुद्ध सडक प्रहरी र स्थानीयको सक्रियतामा अहिले केहिबेर अघिबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेलेले जानकारी दिनुभयो ।

वर्षातले घोराही-होलेरी सडक खण्ड अन्तर्गत घोराही-१३ बगालेमा पहिरोको लेदो खसेपछि अवरुद्ध सडक १० घण्टापछि सुचारु भएको हो । प्रहरीको सक्रियतामा पहिरो हटाएपछि एम्बुलेन्स, मोटरसाइकल लगायतका साना सवारी संचालनमा आएको उहाँले बताउनुभयो ।


ठुला सवारी संचालनका लागि जेसिबी पनि भर्खर पुगेको प्रहरीले जनाएको छ । बुधबार राती १० बजे पहिरो खसेपछि ठुला सवारी बगालेमा रोकिएका छन् । प्रहरीका अनुसार पहिरो हटाएपछि केहि समयमै सडकमा सवारी संचालनमा आउने भएका छन् ।