
दाङ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाका पूर्व सदस्य कोमल ओलीको होटल उद्घाटन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ६, टरीगाउँमा ओलीले सञ्चालन गरेको कोमल होटल एन्ड रिसोर्ट उद्घाटन गरेका हुन् ।
होटेल एक वर्षअघि सञ्चालमा आएको हो । तर, औपचारिक उद्घाटन भने भएको थिएन ।
विभिन्न साँस्कृतिक कार्यक्रमका साथ होटेल उद्घाटन गरिएको थियो । ओली हाल एमाले केन्द्रीय सदस्य छिन् ।
२०७९ को संघीय निर्वाचनमा उनी दाङ(३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएकी थिइन् ।
निर्वाचनमा कांग्रेसका दीपक गिरीसँग पराजित भएकी थिइन् । त्यसपछि उनले तुलसीपुरमै होटेल खोलेर दाङको बसाए बढाएकी छिन् ।



लाइभदाङ । ६ फाल्गुन २०८१, मंगलवार ०९:१५ बजे