मेट्रो कलेजमा ट्राफिक सचेतना कार्यक्रम

तुलसीपुर, ८ साउन ।
तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीकालागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक अनुशासनका साथैलागु औषध दूव्र्यसनका बारेमा सचेतना प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज भुषालले सडकमा हिड्दा, बाटो काट्दा, गाडीमा चढ्दा र सवारी पर्खदा पालना गर्नुपर्ने अनुशासनका बारेमा जानकारी गराएका थिए ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख भुषालले सडक र सवारीसँग कहिल्यै पनि हेलचक्राइ गर्न नहुनेमा विद्यार्थीहरुलाई सचेत बनाएका थिए । ‘दूर्घटना सानो गल्तिले हुने भएको हुँदा हामीले पाईला पाईलामा ध्यान दिनुपर्दछ’ उनको सुझाव थियो ।बाटोमा हिड्दा या सवारी चलाउँदा मोबाईल फोनको प्रयोग गर्ने प्रवृत्तिले पनि दूर्घटना निम्त्याउने गरेको उनले बताए ।


कार्यक्रममा कलेजका प्रमुख बसन्त आचार्य, ट्राफिक प्रहरी हवल्दार डिल्लीराज आचार्य लगायतले विद्यार्थीहरुलाई सचेतना प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले ट्राफिक नियम सम्बन्धि विभिन्न जिज्ञासाहरु राखेका थिए ।