आँप खान आएका किशोरले तीन बर्षीया बालिका बलात्कार गरि बारीबाट खसाएपछि ….

दीपक बोहरा
दाङ, ८ साउन ।
दाङमा एक १४ बर्षीय किशोरले साढे ३ बर्षीया बालिकालाई बलात्कार गरेर बारिबाट खसाएका छन् । दाङ बबई गाउँपालिका वडा नं. ४ खयरबट्टी निवासी ति किशोरले बालिकालाई मकै बारीमा लिएर बलात्कार गरेपछि बारीबाट खसाएका थिए । घरमा आप खान आएका ति किशोरले बालिकालाई घर नजिकैको बारीमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।‘ति किशोर बच्चीको घरमा आएर आँप खान इच्छा गरेपछि अभिभावकले आँप खान दिए, बच्ची पनि घरमै रहेछन्’,उनले भने‘त्यसपछि केही समयमा हेर्दा खेरी ति किशोर पनि नभएको र बच्ची पनि नभएपछि खोजतलास गर्दा बलात्कार गरेर बारीबाट लडाएको पाईयो ।’


बारीबाट खसाएपछि बालिका घाइते भएकी छन् । शनिबार दिउसो साढे २ बजेतिर बारीबाट ४० मिटर तल खसाउँदा ति बालिकाको टाउकोमा चोट लागेको छ । बालिकाको तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारकालागि कोहलपुर लगिएको छ । बेहोस अबस्थामा फेला परेकी ति वालिकाको अहिले होस खुलेको छ । प्रहरीका अनुसार ति किशोर पटक–पटक गलत क्रियाकलापमा संलग्न रहेका ब्यक्ती हुन् । दिउसो २ बजेतिर घरमा किशोर आएर घटना भएपनि आफूहरुलाई साँझ ८ बजेतिर मात्रै खबर आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । ति किशोरलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । ति किशोरले बालिकाको सुनको ‘रिङ’ समेत चोरेर लगेको प्रहरीले बताएको छ ।