तुलसीपुर १२ का किसानलाई प्राबिधिक ज्ञान दिइदै

दाङ,१७ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का किसानलाई प्राबिधिक ज्ञान दिन थालिएको छ । प्राबिधिक ज्ञान विना किसानहरुले उत्पादन बृद्धि गर्न नसक्ने तथा बिभिन्न समस्या आउँदा समाधान गर्न नसक्ने भन्दै वडाले उक्त ज्ञान प्रदान गर्न थालेको हो ।

शुक्रबार, शनिबार र आईतबार तीन दिन किसानहरुलाई प्राबिधिक तालिम दिन थालिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।“समृद्धिको आधार नै कृषि हो, हामीले कृषकलाई प्रोत्साहन गर्नुपर्छ”, उनले भने “त्यसले हामीले किसानहरुलाई प्राबिधिक तालिम दिएर दक्ष बनाउन खोजि रहेका छौं ।”

किसानहरुको पहिचान गर्नको लागि पनि यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए । वडामा किसानको संख्या एकिन भएपछि आगामि दिनमा कृषि सम्बन्धी योजना बनाउन सहज हुने उनको भनाई छ ।

कृषि तथा पशुपालन पेशालाई आधुनिक तथा उत्पादनमुखी बनाउन आबश्यक रहेको भन्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । वडाले किसानहरुको सहजताको लागि तालिमको व्यबस्था गरेकाले त्यसबाट किसानले लाभ लिनुपर्नेमा समेत बताए ।

किसानले उत्पादन गरेको बस्तुको प्रबद्र्धनको लागि तुलसीपुर १२ मा हाटबजार सञ्चालनको तयारी रहेको समेत प्रमुख खड्काको भनाई छ । अहिलेको आबश्यकता भनेको अर्गानिक उत्पादन रहेको समेत बताउनुभयो ।“हामीसंग प्रशस्त जमिनछ”,उनले भने “तर, हामीले बाहिरबार तरकारी आयत गर्नुपर्ने अबस्था छ, यसलाई अन्त्य गर्नुपर्छ ।”


मौरीपालन, बाख्रा पालन, बंगुपालन, कुखुरा पालन, तरकारी खेति गर्ने किसान, तरकारीको बेर्ना उत्पादन गर्ने किसानहरुलाई उक्त तालिम प्रदान गर्न लागिएको हो । तालिमको प्रशिक्षकमा कृषि सेवा शाखा प्रमुख धनराज गौतम, कृषि अधिकृत शंकर न्यौपाने, पशु सेवा शाखाका अधिकृत नवराज रेग्मी रहेका छन् । तालिम तिन दिनसम्म चल्ने तालिममा ५३ जना कृषकको सहभागिता रहेको छ ।

तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपहमानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन भएको हो ।

वडा सदस्य शेषमणी भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव गणेश कुमार आचार्यले गरेका थिए ।