बिपतको पुर्व तयारीबारे प्रदेश सरकारसंग सम्बाद

सुशील बस्नेत
बुटवल ,२ साउन ।
संबाद समुह लुम्बिनी प्रदेशले प्रदेशमा बिपतको पुर्ब तयारी र हालको अवस्थाका बारेमा बुटवलमा संबाद गरेको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिब कोमल प्रसाद धमलाले भावमा योजना बनाउने तर अभावमा काम गर्ने प्रवृत्ति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, कागजमा हेर्दा धेरै तर काममा कमी नै रहेको बताउनुभयो । अब समन्वयकारी भूमिकाको प्रभाकारिताको आबश्यकतामा जोड दिनु भयो । नेपाली सेनाका सहायक रथी नवराज गुरुङले बिपत सामाग्री महङ्गो रहेकाले स्थानीय सरकारसग समन्वय गर्नुपर्ने सुझाव दिनु भयो ।


नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले बिपतमा सबै भन्दा छिटो खट्ने र पुग्ने नेपाल प्रहरीका चौकि र ईप्रकामा बिपत सामाग्री नै नहुदा उद्वारमा काठिनाई हुने गरेको बताउनु भयो ।

स्वास्थ तथा जनसख्या मन्त्रालयका प्रबक्ता डाक्टर पुष्पराज पौडेल,आन्तरिक मामिला, कानुन तथा सन्चार मन्त्रालयको बिपत महा शाखाका प्रमुख बाबुराम पन्थी,सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुरज खडका,जिल्ला प्रशासन कार्यालय रुपन्देहीका नासु जीवन आचार्य, मानवाधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनाल, नेपाल रेडक्रसका प्रदेश महासचिव कृष्ण पङेनी,गाउँपालिका महा संघ लुम्बिनी प्रदेशका रबिन गौतम,गैरसरकारी संस्था महा संघका रबिन गौतम,संबाद समुहका सदस्य अधिबक्ता महेन्द्र पाण्डे, बाबुराम खनाल, माया ज्ञवाली,राधिका परियार, वरिष्ठ सहजकर्ता सुशील बस्नेत लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता बिक्रम खडकाले गर्नुभएको थियो ।