कुटेचौर माविमा बढे विद्यार्थी

तुलसीपुर,१० जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ स्थित कुटेचौर माविको विद्यार्थीको संख्यामा बृद्धि भएको छ । सोही विद्यालयका प्रधानाध्यापक टंक केसीका अनुसार चालु शैक्षिक शत्रमा विद्यार्थीको संख्यामा बृद्धि भएको हो । अघिल्लो बर्ष दुई सय विद्यार्थी रहेकोमा यस बर्ष तीन सय १४ विद्यार्थी भर्ना भएका छन् ।

नयाँ थपिएका सबै विद्यार्थी निजिबाट आएको उनले बताए । यस बर्ष ३ सय ५० विद्यार्थी पुर्‍याउने लक्ष्य रहेको उनले बताए । उनका अनुसार विद्यालय बस सञ्चालन हुनु, कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यामबाट पठन–पाठन हुनु जस्ता कुराले बृद्धि भएको उनले बताए ।


साथै विद्यार्थी बढ्नुमा बस सञ्चालन, अंग्रेजी माध्यममा  पठनपाठन पनि रहेको छ। सोही विद्यालयमा आफू आएसंगै प्रभाबकारी रुपमा भर्ना अभियान चलाएकाले पनि विद्यार्थी बढेको प्रअ केसीले बताए ।