दंगीशरणको फुर्केसल्लीमा क्षयरोग खोजपड्ताल माईक्रोस्कोपीर सम्पन्न

दिप्तीशिखा चौधरी,

दंगीशरण, १३ माघ ।


दंगीशरण गाउँपालीका वडा न.१ फुर्केसल्लीमा क्षयरोग खोजपड्ताल माईक्रोस्कोपी शिविर संचालन कार्यक्रम आज बिहिवार सम्पन्न भएको छ । स्वास्थ्यको पहुँचबाट टाढा रहेका फुर्केसल्लिका नागरीकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले शिविर संचालन गरिएको हो । वडा न.१ का वडा सदस्य नन्दा कुमारी वस्नेतको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्को प्रमुख आतीथ्यमा संचालन भएको हो । शिविरमा २४ जनाले सेवा लिएका थिए । गाउँपालिकाको विकट वडाको रुपमा परिचित फुर्केसल्लीका नागरीकहरुको समस्यालाई मध्यनजर गर्दे शिवीरको आयोजना गरिएको उपाध्यक्ष खड्काले बताउँनुभयो । यस ठाउँको नागरीकहरुको समस्यालाई मध्यनजर गर्दै सबै सेवाको विस्तारका लागि पहल भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले स्वास्थ्य शाखाले यहाँका नागरीकहरुको स्वास्थ्यमा पहुँच बढाउँनका लागि शिवीरको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा हेकुली स्वास्थ्य चौकिका प्रमुख टेक बहादुर खत्रीले स्वास्थ्य नै मानीसको पहिलो धन भएकाले स्वास्थ्य सधैँ स्वस्थ रहन आवश्यक रहेको बताउँनुभयो । यस्ते विपद ब्यवस्थापन शाखाका प्रमुख बालकृष्ण भण्डारीले फुर्केसल्लीका नागरीहरुलाई स्वास्थ्यसंग नजीक बनाउँनका लागि आधारभुत स्वास्थ्य चौकि यहि ठाउँमा राख्न आवश्यक रहेको बताउँनुभएको थियो । गोल्टाकुरी स्वास्थ्य चौकिका प्रमुख राजेन्द्र हमालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको शहजीकरण हेल्थ असिस्टेन्ट प्रदिप योगीले गर्नुभएको थियो ।