पौष्टिक आहारा सहित नागरिक भेटघाटमाः ओली

कपिल लामिछाने
दाङ, १० भदौ ।
गर्मी याम सँगै समाजमा खानपानको अबस्था नमिलेर कयौँ मानीसहरु बिरामी भईरहेको र कयौँले यसकै कारण अनेक दुस्ख कष्ट भोगिरहेको हामी हाम्रो समाजमा प्रत्यक्ष देख्ने गर्छौँ । यहि कुरालाई मध्यनजर गर्दै बिहिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वली गाउँ–गाउँमा रहनुभएका जेष्ट नागरिकहरुलाई घर–घरमा पौष्टिक आहारा लिएर भेट्न जानुभएको हो।

नागरिक भेटघाटलाई प्राथमिकता दिँदै गर्मी याममा देखिने समस्याहरुका बारेका स्वास्थ्य जनचेचना फैलाउन सिमसिमे पानीको कुनै प्रवाह नै नगरी वडा अध्यक्ष वली सहित वडा सदस्यहरु धन बहादुर बस्नेत र शितल प्रसाद बुढा मगर बिभिन्न टोलका करिव ९ जनालाई बिहिबार आशिर्वाद लिँदै पौष्टिक आहारा दिँदै बृद्धबृद्धाहरु भनेका भगवान सरह भएकाले उहाँहरुलाई सबैले माया र राम्रो सँग हेरचाहा गर्नुपर्ने भन्दै जनताको हरेक दुःख कष्टमा वडा रहेको नागरिक भेटघाटका क्रममा वडा अध्यक्ष वलीले बताउनुभयो ।

पौष्टिक आहारा वितरण गर्नमा ब्यस्त रहनु भएका वडा अध्यक्ष वलीले जाडो याममा नागरिकहरुलाई न्यानो कपडा र गर्मी याममा बिशेषगरि जेष्ठ नागरिकहरुलाई पौष्टिक आहारा र स्वास्थ्य चेकजाँचको आबश्यक्ता पर्ने भन्दै गाउँ–गाउँमा स्वास्थ्यकर्मी पठाउने कुरामा सकारात्मक रहेको बताउनुभयो ।


१ सय २ बर्षिय जमुना घर्तीलाई पौष्टिक आहारा वितरण गर्दै वडा अध्यक्ष वलीले उहाँको स्वास्थ्य अबस्थाका बारेमा जानकारी समेत लिनुभएको थियो प्रष्ट सँग बोल्न र सुन्न सक्ने घर्तीले वडाले यसरी सधै घर–घरमा आएर सम्मान दिईरहदा निकै खुसी लागेको बताउदै आशिर्वाद दिनुभएको थियो ।

वडाले ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई पौष्टिक आहारा वितरण गर्ने कार्यलाई बिहिबारका मितिदेखि जारी राख्ने समेत वडा अध्यक्ष वलिले जानकारी दिनुभएको छ ।