हापुरेमा २३ जनाले गरे रक्तदान

रामप्रसाद सुवेदी,
हापुरे, ३२ असार ।
दाङको बबई गाउँपालिकाको हापुरेमा २३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ दाङ दाङ बबई छहराको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि दाङ शाखाको प्राबिधिक सहयोगमा हापुरेको माता मनकामना पोलिक्लिनक प्रालीको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १ महिला र २२ पुरुष गरि २३ जनाले रक्तदान गरेका हुन् ।

लायन्स क्लब अफ दाङ बबई छहराका अध्यक्ष प्रेम बहादुर वलीको अध्यक्षता, तथा लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ एनका डिस्ट्रीक चिफ टेकन कडेलको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटि दाङ शाखा सदस्य भिमलाल मरासिनीको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


लायन्स क्लब अफ दाङ बबई छहराका पृथ्वीनारायण पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा स्थानिय, प्रहरी, संचारकर्मी राजनितीग्य, व्यापारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लायन्स क्लब अफ दाङ बबई छहराका सचिव निमराज सापकोटाले गर्नुभएको थियो ।