स्वास्थ्य सम्बन्धि कार्यक्रम गाउँमुखी हुनुपर्छ

दिप्तीशिखा चौधरी,

दंगीशरण, १९ जेठ ।

प्रजनन स्वास्थ्य भनेको के हो ? भन्ने विषयमा महिलाहरु अझै पनि जानकार नभएको एक कार्यक्रममा बोल्ने सहभागिहरुले बताएका छन् । गाउँघरमा प्रजनन स्वास्थ्य समस्याले महिलाहरुको ज्यान जोखिममा रहेको भन्दै यी यस्ता कार्यक्रमहरु गाउँमुखी हुनुपर्ने उनीहरुको भनाई थियो । महिलाहरुमा लुकेर रहेका प्रजनन स्वास्थ्य समस्याले पछिल्लो पुस्तालाई समेत असर गरिरहेको भन्दै स्वास्थ्य शिवीर, स्वास्थ्य कार्यक्रमहरु गाउँमुखी हुनुपर्ने उनीहरुको माग थियो । दंगीशरण गाउँपालिकाको आयोजनामा आज सम्पन्न भएको महिला तथा किशोरीहरुका लागि प्रजनन स्वास्थ्य सचेतना गोष्ठिमा बोल्ने सहभागिहरुले यस्तो बताएका थिए । महिलाहरु कोहि जानेर कोहि नजानेर स्वास्थ्य जोखिम मोलीरहेकोले स्वास्थय सचेतना कार्यक्रम र शिवीर संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा हेकुली स्वास्थ्य चौकिका प्रमुख टेक बहादुर खत्रीले प्रजनन स्वास्थ्यको अर्थ, प्रजनन स्वास्थ्यका क्षेत्रहरु, परिवार नियोजन, शुरक्षीत मातृत्व, वाल स्वास्थ्य, प्रजनन अंगको संक्रमण, योनजन्य संक्रमण तथा एच.आई. भि. एड्स, किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य, यसका अधिकार लयाएतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।


कार्यक्रम उद्ध्घाटनका अवसरमा दंगीशरण गाउँपालिका अध्यक्ष कार्यक्रमका प्रमुख अतीथि शम्भु गिरीले आन्तरीक प्रजनन सम्बन्धि रोगहरु लुकाएर राख्नाले पनि महिलाहरुमा प्रजनन सम्बन्धि समस्या विकराल रुपमा बढ्दै गएको बताउँनुभयो । यसले गर्दा धेरै महिलाहरु रोगको शिकार हुनुपर्ने अवस्था आएको बताउँनुभयो । गाउँपालिकाले संचालन गर्दै आएका यी यस्ता सचेतनामूलक कार्यक्रमहरु सहभागिता भन्दा पनि यसलाई ब्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँनुभयो ।

सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्का वलीले महिलाहरुको हरेक कुराहरुलाई मध्यनजर गर्दै कार्यक्रमहरु संचालन गरेपनि कुनै पनि कार्यक्रमहरु कायान्वयन नभएको भन्दै महिलाहरु अव आफैँ आफनो हक अधिकार र स्वास्थ्य शिक्षा लगाएत हरेक कुरामा अग्रसर हुनुपर्ने बताउँनुभयो । गाउँपालिकाले महिलाहरुलाई अग्रसर गराउँनमा सधैँ लागि पर्ने भन्दै सबै महिलाहरु अव बाहिर वातावरणमा पनि आउँन जरुरी रहने बताउँनुभयो । स्वास्थ्यको क्षेत्रमा महिलारुहको अज आफै जानकार हुनपर्ने आजको आवश्यक्ता रहेको उहाँले बताउँनुभयो ।

महिला बालबालीका शाखाकि सुन कुमारी घर्तीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शाखाकि चन्द्रा वलीले गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।