प्रेस युनियनको केन्द्रीय सदस्यमा रजौरेको उम्मेदवारी घोषणा

तुलसीपुर,३१ असार ।

दाङमा लामो समय पत्रकारीता क्षेत्रमा क्रियाशिल नारायणी रजौरेले प्रेस युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल मार्फत उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।


पत्रकारको हकहितकालागि लामो समय सक्रिय हुँदै आएको र आगामी दिनमा नेतृत्व तहमै रहेर पत्रकारका मुद्दाहरुमा आवाज उठाउने उनको भनाई छ । रजौरे राष्ट्रिय समाचार समिति(रासस) दाङका कार्यालय प्रमुख हुन् । उनले लामो समयदेखि जिल्लामा सक्रिय पत्रकारिताको भूमिका निर्वाह गर्दै आएकी छन् ।