स्व.रेमन्त कुमारी खड्काको सम्झनामा नेपाली कांग्रेसको शोकसभा सम्पन्न

प्रिया स्मृती गजमेर
लमही, १४ भदौ ।
नेपाली कांग्रेस लमही नगरपालिका–८ ले क्रियाशील सदस्य स्वर्गीय रेमन्त कुमारी खड्काको सम्झनामा शोकसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेतले खड्काको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्वर्गीय खड्काले पार्टीमा दिएको योगदानको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङ–१ का सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि मधुप्रसाद न्यौपाने, कांग्रेस जिल्ला सदस्य पूर्णबहादुर बस्नेतलगायतले शोक मन्तव्य राखेका थिए ।


स्वर्गीय खड्काको सम्झनामा उहाँका श्रीमान कृष्ण बहादुर खड्का, छोराहरु प्रदीप कुमार खड्का, विश्वराज खड्का, प्रकाश कुमार खड्का र प्रताप कुमार खड्काले राप्ती माध्यमिक विद्यालय उच्चानिम्बुमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छ ।

स्वर्गीय खड्काका माइला छोरा विश्वराज खड्काले आमाले पार्टीमा पुर्‍याएको योगदानको स्मरण गर्दै शोकसभामा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस लमही नगरपालिका–८ का वडा सभापति यादव नाथ योगीको अध्यक्षतामा सम्पन्न भएको थियो । संचालन वडा सचिव प्रेम गिरीले गरेका थिए ।