तुलसीपुर, ३१ असार ।
प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा विभिन्न प्रजातिका जडिबुटीका बिरुवा रोपण गरिएको छ । अस्पतालको खाली जग्गा क्षेत्रमा बाह्रमसला,तेजपात,रुद्राक्ष,श्रीखण्ड,रक्त चन्दनलगायतका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको हो । त्यस्तै विभिन्न फलफूलका बिरुवा रोपण गरिएको आयुर्वेद अस्पतालका निमित्त निर्देशक डा सन्तोष ठाकुरले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बस्नेतलगायतका जनप्रतिनिधि,कर्मचारीहरुले जडिबुटी,फलफूलका बिरुवा रोपण गर्नुभएको थियो । त्यस्तै अस्पताललाई ३० शैयाबाट ५० शैयामा स्तरोन्नतिका लागि स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयलाई अनुरोध गर्ने भएको छ । शुक्रबार सम्पन्न अस्पताल विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
लाइभदाङ । ३१ असार २०७९, शुक्रबार १६:०५ बजे