पूर्वमन्त्री दीपक गिरी बिद्युत कार्यालय पुगेपछि..

निराजन डाँगी
तुलसीपुर

३० असार / बिद्युत सेवाबारे ब्यापक जनगुनासो आएपछि बिहीबार पूर्व सिंचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सर्वसाधारण सेवाग्राहीसहित पश्चिम दाङका जनप्रतिनिधिलाई लगेर तुलसीपुरस्थित बिद्युत बितरण कार्यालयमा पुगे ।

दाङमा यसपटक धानखेतिका लागि आवश्यक बर्षा भइनसकेको र डिप बोरिङ भएका ठाउँमासमेत मोटरले पानी तान्न नसक्ने नाम मात्रैको बिद्युत भएको हुँदा धान खेती गर्न नसकीरहेको गुनासो आएपछि जनप्रतिनिधिहरु समेत त्यहाँ पुगेका हुन् ।

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ध्यान नदिएपछि नागरिकहरु आक्रोसित हुँदै आएका छन् । जनप्रतिनिधि र सर्वसाधारणले बितरण केन्द्रबाट सेवा प्रवाहमा भइरहेका लापरबाही तथा कमिकमजोरीको बारेमा अबगत गराउँदै आम जनताले गुनासो गर्ने गरि कमजोरी नदोह¥याउन सचेत बनाए ।


विद्युत मर्मत हुने क्रममा यसरी विद्युत अनियमित हुने गरेको छ । बर्षादको समयमा जुन सुकै ठाउँमा पनि बिग्रिन सक्ने र त्यस्तो बेला विद्युत अनियमित हुन सक्ने विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्सालले बताए । पछिल्लो समय तुलसीपुर देखि पश्चिम क्षेत्रमा नियमित विद्युत अनियमित हुने गरेको छ । विद्युत अनियमित हुँदा नागरिकलाई सास्ती हुँदै आएको छ ।

त्यस अवसरमा काँग्रेस तुलसीपुरका सभापति शुरेस हमालले विद्युत कार्यालयको धेरै लापरवाही भएको बताए ।

No description available.